राजनीति भिडियो

मोदी भ्रमणमा प्रदेश २ विवादः ‘प्रधानमन्त्री र सेनाको गल्ती, मुख्यमन्त्रीलाई दोष !’ (भिडियो)

मोदी भ्रमणमा प्रदेश २ विवादः ‘प्रधानमन्त्री र सेनाको गल्ती, मुख्यमन्त्रीलाई दोष !’ (भिडियो)

काठमाडौं । मधेस आन्दोलनको एक मुख्य दल संघीय समाजवादी फोरम पनि अन्ततः सरकारमा सामेल भयो । फोरमसँगै मधेस आन्दोलनमा सक्रिय राष्ट्रिय जनता पार्टी (राजपा) भने प्रतिपक्षमै छ ।

 

प्रदेश नम्बर २ को सत्ता समिकरण पनि फेरियो । फोरम र राजपाको प्रदेश नम्बर २ को सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता लिएपछि संघ सरकारमा पनि त्यसले असर पार्ने आंकलन गरिएको छ ।

 

संघीय र प्रदेशमै राजपालाई अलग्याएर नयाँ समिकरण बन्यो भने राजपाको अवस्था कस्तो हुनेछ ? फोरमलाई समर्थनमा लिएर राजपालाई चिढ्याउने संघीय सरकारको नयाँ रणनीति त हैन ?


यदी प्रदेश नम्बर २ मा समेत प्रतिपक्षीकै रुपमा बस्नुपर्ने भयो भने राजपाले के गर्नेछ ? यस्तै पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमबारे राजपाका महामन्त्री केशव झासँग नेपालआजले अन्तरवार्ता गरेको छ ।

 

अन्तरवार्ताको क्रममा झाले राजपाको अगाडि अहिले तीन विकल्प रहेको भन्दै त्यसलाई ब्याख्या गरेका छन् । फोरम सरकारमा सामेल भए पनि राजपाको सन्दर्भ केही फरक भएको उनले बताए ।

 

आफ्ना केही शर्त स्वीकार नभएसम्म सरकारमा नजाने अडान दोहोर्याउँदै उनले भने, ‘हाम्रो र फोरमको सन्दर्भ केही फरक छ । हाम्रा साथीहरु अझै जेलमा हुनुहुन्छ । उहाँहरुलाई रिहा गर्ने र यसअघि हामीसँग भएका सम्झौता पालना गर्ने सहमति भएपछि हामी सहभागी हुनेछौँ ।’

 

राजपा पनि अब विकास र समृद्धिको लागि प्रतिबद्ध रहेको भन्दै झाले आफ्ना माग सम्बोधन गरेपछि सरकारलाई सघाएरै अघि बढ्न तयार रहेको बताए ।


प्रदेश २ विवाद
 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आउँदा जनकपुरमा त्यहाँका मुख्यमन्त्रीले व्यक्त गरेको विचार विवादित बन्यो ।

 

कार्यक्रममा राखिएको नेपालको राष्ट्रिय झण्डा, स्वतन्त्र मधेसको झण्डा लगायत केही विषय विवादित भयो । पुरानो सन्दर्भ भए पनि नेपालआजले यसबारे झासँग राय लिएको थियो ।

 

उनले प्रदेश सरकार वा मधेसवादी दलको कुनै गल्ती नरहेको भन्दै आफ्नो तर्क पेश गरे । झण्डाबारे नेपाली सेना वा प्रधानमन्त्री स्वयंलाई बढी जानकारी रहेको भन्दै उनले त्यहाँ प्रदेश सरकारको संलग्नता नरहेको बताएका छन् ।

प्रदेश २ केशव झा राजपा सरकार फाेरम

विशेष