मुख्य समाचार समाज

यौन सम्पर्कका क्रममा महिलाको ज्यान गयो

यौन सम्पर्कका क्रममा महिलाको ज्यान गयो

रुकुम(पश्चिम) । रुकुम(पश्चिम) को सदरमुकाम मुसीकोट नगरपालिका–१ सहिद मैदानमा मंगलबार मृत फेला परेकी ३८ वर्षिया इच्छा बुढा (बिसी)को शारीपरिक.सम्पर्कका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले इच्छाको मत्यु शारीरिक सम्पर्कका क्रममा भएको जानकारी दिएको हो । घटनामा संलग्न भएको भन्दै मुसीकोट नगरपालिका–का १९ वर्षीय अमरवहादुर बादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

उनलाई मंगलबारै पक्राउ गरेको प्रहरीको भनाई छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बादीले सोमबार राति ११ बजेको समयमा आफ्नै कोठामा लगेर यौनसम्पर्क गर्ने क्रममा इच्छाको मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

 

यौन सम्पर्कका क्रममा इच्छाको मृत्यु भएपछि बादीले उनको शव लिएर कोठा नजिकैको ढलको नालामा फालेको डिएसपी खड्काले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ । 

 

जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भ्यरहेको उनले बताए । सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भई हाल मुसीकोट नगरपालिका–१ खलंगामा बस्दै आएकी इच्छाको शव मंगलबार बिहान स्थानीयले सहिद मैदानमा फेला पारेका थिए । 

 

पुथाउत्तरगंगा गाउँपालिका–१० माइत रहेकी इच्छाको रुकुमकोटमा विवाह भएको थियो । तर यसअघि नै उनका पतिसँग सम्बन्ध विच्छेद भइसकेको बताइएको छ ।  अन्नपूर्णपाेष्ट दैनिकबाट ।

रुकुम मुसीकोट नगरपालिका शारीरिक सम्पर्क

विशेष