मुख्य समाचार राजनीति

दुई सातामै नेकपाको नाम परिवर्तन

दुई सातामै नेकपाको नाम परिवर्तन

काठमाडौं । गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो। 

 

‘हामीले विभिन्न पक्षबाट आएका सुझावलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं,’ संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले नागरिकसँग भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं। यस विषयमा निर्वाचन आयोगलाई आवश्यक कागजात पनि पठाएका छाैं।’ 

 

नेम्बाङका अनुसार अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टीको सट्टा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुने छ। उनले भने, ‘नागरिक समाज, कानुनविद् र पार्टीका नेता तथा कार्यकर्ताको सुझावमा यस्तो निर्णय गरिएको हो।’ निर्वाचन आयोगमा दल दर्ताका लागि दलले नेम्बाङ र देव गुरुङलाई जिम्मा दिएको छ। 

 

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिनुपरेको हो। आयोगमा ऋषि कट्टेलको नेतृत्वमा नेकपा कम्युनिस्ट पार्टी दर्ता छ भने नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्दै आएका छन्।

नेम्वाङ उपनेता, गुरुङ सचेतक चयन
नेकपाको बुधबारको संसदीय दलको बैठकले सुवास नेम्वाङलाई दलको उपनेता तथा सांसद देव गुरुङलाई प्रमुख सचेतक चयन गरेको छ । सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् ।

टुंगिए स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीलाई पूर्णता दिएको छ । तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ नेता स्थायी कमिटीमा परेका छन् । तत्कालीन एमालेका अमृत बोहरा, केशव बडाल र सोमनाथ प्यासी तथा माओवादीका अमिक शेरचन र पेशल खतिवडा आमन्त्रित सदस्यमा राखिएका छन् । बुधबार बसेको शीर्ष नेताहरूको बैठकले स्थायी कमिटी सदस्यको नाम टुंग्याए पनि वरीयताक्रम भने मिलाएको छैन ।

तत्कालीन एमालेका थप चार नेता स्थायी कमिटीमा
तत्कालीन एमालेबाट थप ४ जनाले स्थायी कमिटीमा अवसर पाएका छन् । यसअघि एमालेको स्थायी कमिटीमा नरहेका विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठले स्थायी कमिटीमा अवसर पाएका हुन् ।

४५ सदस्यीय स्थायी समिति
सचिवालयबाट
१. केपी शर्मा ओली
२. पुष्पकमल दाहाल प्रचण्ड
३. माधवकुमार नेपाल
४. झलनाथ खनाल
५. वामदेव गौतम
६. नारायणकाजी श्रेष्ठ
७. ईश्वर पोखरेल
८. रामबहादुर थापा
९. विष्णु पौडेल

तत्कालीन एमालेबाट
१०. सुवास नेम्वाङ
११. भीम रावल
१२. अष्टलक्ष्मी शाक्य
१३. युवराज ज्ञवाली
१४. घनश्याम भुसाल
१५ . प्रदीप ज्ञवाली
१६. पृथ्वीसुब्बा गुरुङ
१७. भीम आचार्य
१८. गोकर्ण विष्ट
१९. योगेश भट्टराई
२०. शंकर पोखरेल
२१. सुरेन्द्र पाण्डे
२२. किरण गुरुङ
२३. मुकुन्द न्यौपाने
२४. सत्यनारायण मण्डल
२५. छविलाल विश्वकर्मा
२६. विष्णु रिमाल
२७. रघुजी पन्त
२८. बेदुराम भुसाल
२९. रघुवीर महासेठ

 तत्कालीन माओवादीबाट
३०. देव गुरुङ
३१. टोपबहादुर रायमाझी
३२. गिरिराजमणि पोखरेल
३३. हरिबोल गजुरेल
३४. अग्नि सापकोटा
३५ .वर्षमान पुन
३६. शक्ति बस्नेत
३७ .जनार्दन शर्मा
३८. पम्फा भुसाल
३९.  मातृका यादव
४०. गणेश साह
४१. लेखराज भट्ट
४२. देवेन्द्र पौडेल
४३. चक्रपाणि खनाल
४४. लीलामणि पोखरेल
४५. मणि थापा

नागरिक दैनिकबाट । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले नेकपा माओवादी केन्द्र निर्वाचन आयोग

विशेष