मुख्य समाचार राजनीति

प्रचण्डलार्इ अाेलीभन्दा नेपालकाे डर !

प्रचण्डलार्इ अाेलीभन्दा नेपालकाे डर !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार एमालेका दुई शीर्ष नेतासँग भेट गरेका छन् ।

 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर बिहान भेटेका प्रचण्डले मध्यान्ह एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

 

बालुवाटारमा पुगेर प्रचण्डले ओलीसँग पार्टी एकताबारे छलफल गरेका थिए । एमालेसँगको एकतालाई लिएर असुरक्षित महसुस गरेका प्रचण्डले भेटघाटलाई तीब्र बनाएका हुन् ।

 

पार्टी एकता र महाधिवेशनपछिको आफ्नो भूमिकालाई लिएर प्रचण्डले असुरक्षित महसुस गर्दै आएका छन् । बधबार माओवादी केन्द्र सचिवालयको बैठकमा प्रचण्डले त्यही कुरा अभिव्यक्त गरेका थिए ।

 

दुई नेताबीच पार्टी एकतालाई नै लिएर छलफल भएको जानकारी नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

 

नेता नेपाललाई भेटेका प्रचण्डले आजै अपरान्ह ओलीसँग पुनः संवाद गर्ने भएका छन् । वैशाख ९ मै हुने पार्टी एकता दुई दल र नेताबीच अझै विश्वासको वातावरण नबनिसकेपछि पर धकेलिएको थियो ।

केपी शर्मा ओली माधवकुमार नेपाल भेटवार्ता पुष्पकमल दाहाल 'प्रचण्ड'

विशेष