मुख्य समाचार राजनीति

नेकपाद्वारा सातै प्रदेश र भ्रातृ संगठनको एकताका लागि २२ कार्यदल गठन

नेकपाद्वारा सातै प्रदेश र भ्रातृ संगठनको एकताका लागि २२ कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेका छन् । एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई पनि अपिल गरेका छन् । 

 

पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । यस्तै नेकपाले भ्रातृ संगठन एकीकरणका लागि २२ वटा कार्यदल गठन गरेको छ ।

 

सबै भ्रातृ संगठनहरुको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ । पार्टी एकतापछि ३ महिनाभित्र सबै भातृसंगठनहरुको पनि एकीकरण गरिने उल्लेख  गरिएको छ ।

 

सबै कार्यदलहरुलाई कार्यादेशसहितको जिम्मेवारी दिइएको छ। बिहिबार कार्यदल गठनसम्बन्धि सर्कुलर नेकपाले मातहतमा पठाएको छ। 

 

बिधान मस्यौदा गर्ने, महाधिबेशन आयोजक कमिटि गठन गर्ने, बरिष्ठता, क्षमता र एकताको भावनाअनुसार बरिष्ठता कायम गर्न कार्यादेश दिइएको छ। यी कार्यदललाई १५ दिनभित्र काम सम्पन्न गरेर केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन समय दिइएको छ ।

 

त्यस्तै प्रदेश कमिटिहरुमा एकता मिलाउन ७ वटा अन्य कमिटिहरु समेत गठन गरिएको छ।  जस अनुसार प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले रहेको कार्यदल बनेको छ ।

 

प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह कार्यदलमा रहेका छन् । त्यस्तै प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल रहेका छन् ।

 

प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी कार्यदलमा छन् । प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहेको कार्यदल गठन भएको छ ।

 

प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यमलाल कँडेल र मायाप्रसाद शर्मा रहेको एकता कार्यदल गठन भएको छ भने प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेको कार्यदल गठन भएको छ ।

 

प्रवासका कमिटीहरु एकीकरण गर्न नारायणकाजी श्रेष्ठ,विन्दा पाण्डे,युवराज कार्की र टेकबहादुर पाठक रहेको कार्यदल गठन भएको छ । त्यसैगरी भ्रातृ संगठनहरु एकीकरण गर्न पनि दुवै पक्षका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन भएका छन् ।

 

नेकपा केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड एकता प्रक्रिया

विशेष