मुख्य समाचार देश

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि यस्तो आरोप

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि यस्तो आरोप

काठमाडौं । नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । 

 

फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ । 

 

शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ ।


के भन्छन् धुर्मुस ? 

सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको उनले बताएका छन् । 

 

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए ।आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । 

आरोप धुर्मुस-सुन्तली फाउन्डेसन

विशेष