मुख्य समाचार राजनीति

बस व्यवसायीलाई गृहमन्त्रालयको धम्कीः हड्ताल रोक्छौ कि खाता बन्द गरिदिउँ !

बस व्यवसायीलाई गृहमन्त्रालयको धम्कीः हड्ताल रोक्छौ कि खाता बन्द गरिदिउँ !

काठमाडौं । यातायात समितिहरूकाे बैंक खाता सरकारले राेक्का गर्ने भएकाे छ । सिन्डिकेट चलाएर जनतालार्इ दुःख दिएकाे भन्दै अाज गृह मन्त्रालयमा बसेको बैठकले व्यवसायीको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो ।

 

अाज गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गर्भनर डा. चिरञ्जीवी नेपाल लगायतको बैठकले सो निर्णय गरेको हो।

 

यातायात व्यवसायी महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन गरेर खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने भएको छ। साथै सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय समेत भएको छ ।

 

बैठकले आन्दोलन फिर्ता लिन व्यवसायीलाई आग्रह समेत गरेको छ। सिन्डिकेट खारेजीको विरोधमा गाडी थन्काएर सडकमा उत्रेका  यातायात व्यवसायीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। दिउँसाे ४ बजेसम्मकाे तथ्यांक अनुसार २ दर्जन बढी यातायात व्यवसायी समितिका पदावधिकारी पक्राउ परिसकेका छन् ।

यातायात समिति रामबहादुर थापा रघुवीर महासेठ डा. चिरञ्जीवी नेपाल

विशेष