७३ यातायात व्यवसायीविरुद्ध दुई मुद्दा, यस्ताे छ एेनमा व्यवस्था
काठमाडौं । सिन्डिकेट खारेजकाे विरूद्वमा हट्ताल गर्ने यातायात व्यवसायीविरुद्ध मुद्दा चल्ने भएको छ । आवश्यक सेवा सञ्चालन सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गर्ने निर्णय गृह मन्त्रालयले गरेकाे हाे ।
सरकारले ल्याएकाे यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशैभरि यातायात व्यवसायीहरुले गाडीहरू नगुडाएर अान्दाेलनमा उत्रेका थिए ।
आन्दोलन गर्ने ७३ जना व्यवसायीहरुलार्इ प्रहरी थुनामा राखेकाे गृह मन्त्रालयले जनाएकाे छ । ‘पक्राउ परेका सबै व्यवसायीउपर मुद्दा दायर हुन्छ,’ गृह रामकृष्ण प्रवक्ता सुवेदीले भने, ‘आवश्यक सेवा ऐन र स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुन्छ। कुन मुद्दा चलाउने भन्ने अधिकार जिल्लाका सिडिओहरुलाई हुन्छ।’
आवश्यक सेवा सञ्चालन ऐनअन्तर्गत १ वर्षसम्म कैद सजाय हुन सक्छ । यस्ताे छ एेन ।
यातायात व्यवसायी सिन्डिकेट कारबाही