मुख्य समाचार राजनीति

कांग्रेसमा महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन,पौडेल पक्षद्वारा निर्णय बहिष्कार

कांग्रेसमा महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन,पौडेल पक्षद्वारा निर्णय बहिष्कार

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई  मनोनयन गरेका हुन् ।

 

शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई  अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

 

रामचन्द्र पौडेल पक्षले भने देउवाको पदाधिकारी मनोनयनको प्रस्ताव बहिष्कार गरेको छ । बैठकमा उपस्थित पौडेलपक्षधर  केन्द्रीय प्रकाशमान सिंह  र महेश आचार्यले विधान विपरित  भएको भन्दै पदाधिकारी  मनोनयन असहमति जनाएका छन् ।  कांग्रेस नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित भएनन् ।   

 

पौडेल पक्षको विरोधका बाबजुद देउवा पक्षले बहुमतका आधारमा पदाधिकारी मनोनयनको निर्णय गरेको हो ।

 

नेपाली काँग्रेस पदाधिकारी मनोनयन पौडेलपक्षधर

विशेष