मुख्य समाचार देश

कुन कम्पनीको गाडी कुन रुटमा चल्दैछन् ? थाहा पाउनुहोस्

कुन कम्पनीको गाडी कुन रुटमा चल्दैछन् ? थाहा पाउनुहोस्

 काठमाडाैं । सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पनि कम्पनीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन् । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् ।

 

तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । काठमाडौं उपत्यकामा साझा, मयुर, शुभकामना, अन्नपूर्ण, बज्रबाराही लगायतका बस चलाउने व्यवस्था मिलाइएको छ ।

 

यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।

 

कुन रुटमा कुन गाडी चल्दैछन् ?

-काठमाडौं उपत्यका- साझा, मयुर, महानगर, ओरेन्ज, अन्नपूर्ण, शुभकामना, बज्रबाराहीका बस 

-काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस 

-दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस

-काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस 

-काठमाडौं–जनकपुर– चुरिमाई यातायात 

-सर्लाही–जनकपुर– रातुकमला 

-भक्तपुर–काठमाडौं– शुभकामना यातायात 

-इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस 

-सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट– बुलबुले, देउती र नागरिक यातायातका बस

-काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस

-काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस 

-रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस 

-रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस

-कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस 

-बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस

-अर्घाखाँची–बुटवल– लंका यातायातका बस
 

सिन्डिकेट

विशेष