मुख्य समाचार राजनीति

महत दाजुभाइको बोलचाल नै बन्द

महत दाजुभाइको बोलचाल नै बन्द

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महत र डा. प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन्। 

 

नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन्। दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन्। 

 


पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ–आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ। 

 

भाइ महत सहमहामन्त्रीमा मनोनीत भएका छन्। डा रामशरण महामन्त्रीका दाबेदार थिए । याे खबर अाजकाे नयाँ पत्रिकामा छ । 
 

डा. रामशरण महत डा. प्रकाशशरण महत बोलचाल नै बन्द

विशेष