हडताल गर्दैनाैं भनेर कागज गर्ने केही यातायात व्यवसायी छुटे, अधिकांश अझैं थुनामै
काठमाडौं । गाडीहरु थन्क्याएर सिन्डिकेटको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका केही व्यवसायी छुटेका छन्। अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने लिखित कागज गरेर केही व्यवसायी छुटेका हुन्।
लमजुङमा पक्राउ परेका तीन जना कागज गरेर छुटेका छन्। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार, पक्राउ परेकामध्ये तीन जना अबदेखि यातायातमा हडताल नगर्ने सर्तमा शनिबार तारेखमा छुटेका छन्। लमजुङमा पक्राउ परेका अन्य दुई व्यवसायी भने थुनामै छन्।
लमजुङ कालिका यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल र सदस्य रेशम दनाइँ तारेखमा छुटेका हुन्। पक्राउ परेकामध्ये समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी र सचिव मृगेन्द्र घिमिरे भने प्रहरी हिरासतमै छन्।
सिन्डिकेट पक्राउ यातायात सञ्चालक समिति