मुख्य समाचार राजनीति

भीम रावलले सरकारलार्इ साेधेः विदेश नीति केन्द्रले हेर्ने हाे कि प्रदेश ?

भीम रावलले सरकारलार्इ साेधेः विदेश नीति केन्द्रले हेर्ने हाे कि प्रदेश ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट शुरु गर्ने नेपाल भ्रमणबारे सत्तारुढ दल एमाले उपाध्यक्ष भीम रावलले प्रश्न उठाएका छन् ।

 

मोदीलाई प्रदेश नम्बर दुईको राजधानी जनकपुरले स्वागत गर्ने भव्य तयारी गरिरहँदा रावलले नेपालको विदेश नीति केन्द्रले हेर्ने वा प्रदेशले हेर्ने भन्दै प्रश्न उठाएका हुन् ।

 

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिएको समाचार प्रकाशन भएको थियो ।

 

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्ने समाचारमा उल्लेख थियो ।

 

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने पनि बताइएको थियो । यसमा प्रतिक्रिया जनाउँदै रावलले समाजिक सञ्जालमा लेखेका छन्, ।

 

बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका छन् । यसअघि जति पनि भारतीय प्रधानमन्त्री वा राष्ट्रपतिहरू आए, उनीहरू काठमाडौँ हुँदै जनकपुरलगायत अन्यत्र गएका थिए ।

 

नरेन्द्र मोदी नेपाल भ्रमण भीम रावल

विशेष