मुख्य समाचार राजनीति

संघीयताका नाममा सयौं मन्त्री रेमिट्यान्सले पाल्नुपर्ने भयोः चित्रबहादुर केसी

संघीयताका नाममा सयौं मन्त्री रेमिट्यान्सले पाल्नुपर्ने भयोः चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले खाडीमा कार्यरत नेपालीले रेमिट्यान्स नपठाए घरसँगै देश पनि नचल्ने बताएका छन् । 


युएई र ओमानमा रहेका नेपाली श्रमिकका समस्या नजिकबाट बुझ्न पाएको भन्दै केसीले खाडीबाट रेमिट्यान्स नगए सरकारका धेरै अंग चल्न नसक्ने बताएका हुन् ।

 

संघीयताका नाममा सयौं मन्त्री र उनीहरुका परिवारलाई मुलुकले पाल्नुपर्ने अवस्था आएकाले विदेशबाट नेपालीले पैसा नपठाए देश ठप्प हुने बताए । 


युएई नेपाली एकता समाजले शुक्रबार दुवईमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले भने,‘एमाल माओवादी मिलेर गएको चुनावमा कांग्रेसलाई भित्तामा पुर्‍याएर राम्रो गरेकोले वाम एकताका लागि पद नमिलेर अलमल गर्न हुँदैन ।’


दुई दलका ठूला नेताहरुले पार्टीको सदस्य पद मात्रै लिएर भएपनि एकता गर्न केसीले सुझाव दिए । अहिलेका परराष्ट्र मन्त्रीलाई जिताउन गुल्मीमा चुनावी तालमेल गरेको स्मरण गर्दै घरेलु काममा आएका महिलाले पुनःश्रमस्वीकृति नपाउने चिन्ताले घर फर्किन नपाएको विषय सम्बन्धमा परराष्ट्र मन्त्रीसँग छलफल गर्ने बताए। 

चित्रबहादुर केसी

विशेष