व्यापार मुख्य समाचार

भ्रम उत्पन्न हुन सक्ने भन्दै टेलिकमले जारी गर्‍यो १२ बुँदे विज्ञप्ति

समाचार प्रभावः १० बुँदे आरोपको, १२ बुँदे जवाफ

भ्रम उत्पन्न हुन सक्ने भन्दै टेलिकमले जारी गर्‍यो १२ बुँदे विज्ञप्ति

काठमाडौं । प्रतिस्पर्धी कम्पनीसँग मिलेर नेपाल टेलिकमको सेवा प्रभावित पारेको आरोप खेप्दै आएको नेपाल टेलिकम व्यवस्थापनले बाहिर भए जस्तो चर्चा सत्य नभएको भन्दै १२ बुँदे स्पष्टिकरण सार्वजनिक गरेको छ । 

 

आइतबार नेपाल टेलिकमका प्रवक्ता प्रतीभा वैद्यद्वारा जारी विज्ञप्तिमा कम्पनीको अवस्था, कार्यप्रगतिबारे विवरण दिइएको छ । टेलिकमले २०७४ फागुनमा प्रकाशित एमआइएस रिपोर्टअनुसार नेपाल टेलिकमको ग्राहक आधार १ कराेड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको छ । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमविपिएससम्मको गतिको अनलिमिटेड इन्टरनेट सेवा मासिक न्युनतम ५ ससय ८३ रुपैयाँसम्मको मूल्यमा उपलब्ध गराइरहेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको फागुन  महिनासम्म कम्पनीका डाटा सेवाका ग्राहक आधार १८. १४ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ ।

 

टेलिकमले यस्ता प्रगतिपछि आयमा भएको  उतार चढाव भने प्रस्तुत गरेको छैन । कम्पनीले मुलुकमै पहिलो पटक गतवर्षदेखि सुरु गरेको फोरजी सेवालाई देशभर विस्तार गर्न आह्वान गरेको टेण्डर हाल मूल्यांकनको अन्तिम चरणमा रहेको टेलिकमले जनाएको छ । टेलिकमको प्रतिस्पर्धा बढ्दै गएकोले फोरजी सञ्चालनमा कम्पनीले छिटो सेवा सञ्चालन गर्न प्रतिवद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

 

फोरजी सेवा कम्पनीको आर्थिक विनियमावली तथा सार्वजनिक खरिद ऐनको पालना गरेर अगाडि बढेको टेलिकमले जनाएको छ ।   त्यस्तै गरी कम्पनीको एक करोड जिएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्ग मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यकाबाहेक), पूर्वाञ्चल क्षेत्र, मध्ये पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको टेवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकका अति विकत तथा दुर्गम स्थानहरु मुगुको रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बाग्लुङको  तमान खोला, दोलखाको गौरीशंक, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा र तिप्लिङलगायत गोर्खा, मनाङ र मुस्ताङ जिल्लाका अति विकट स्थानमा समेत मोबाइल सेवा विस्तार गरिएको छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गरिएको छ ।’

 

 
अप्टिकल फाइबर बिछ्याउन ढिलाई भइरहेको भन्ने सम्बन्धमा टेलिकमले सर्भेको काम सम्पन्न भइसकेको जनाएको छ । कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण सुरु भएको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकन अन्तिम चरणमा पुगेको उल्लेख छ। प्रदेश १,२ र ३ मा अप्टिकल फाइबर विछ्याउने कामका लागि छुट्टाछुट्टै तीन बोलपत्रहरु, हाइ क्यापसिटी डिडब्लुडिएम उपकरण र राउटर उपकरको छुट्टाछुट्टै बोलपत्र तयार पारेर सञ्चालक समितिमा पेश गरिएको छ । 

 

डाटामा उपभोक्ताको रुची बढ्दै जाँदा भ्वाइस सेवाबाट आम्दानी घट्दै गएको दावी गरेको छ । यो ट्रेन्ड नेपाल टेलिकमको हकमा मात्रै होइन, ससारभर नै रहेको उल्लेख गरेको छ । सन् २०१७ मा अन्तर्राष्ट्रिय कलको आम्दानी विश्वव्यापी रुपमा २० प्रतिशतले घटेकोले त्यसको प्रभाव टेलिकममा पनि परेको विज्ञप्तिमा जनाइएकोछ । कम्पनीले आय बढाउन भ्यालु एडेड सेवाहरु, म्युजिक नेपाल एप्स, नमस्ते क्रेडिट आदि सञ्चालनमा ल्याइसकेको टेलिकमको भनाइ छ । 


नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरको पछिल्लो रिपोर्टअनुसार नेपाल टेलिकमको भ्वाइसतर्फको बजार हिस्सा पहिले भन्दा बढ्दै गएर हाल ५० प्रतिशत पुगेकोछ । यसअघि ७२ असोजमा ४६ प्रतिशत, कात्तिकमा ४७ प्रतिशत र माघमा ४८ प्रतिशत तथा २०७३ पुसमा ४९ प्रतिशत पुगेको थियो । प्राधिकरणले प्रकाशित गरेको रिपोर्टमा कम्पनीको हिस्सा ब्रोडब्यान्ड डाटामा कम देखिए तापनि कम्पनीको जिएसएम टुजी ग्राहक ५२ लाख ४ हजार ९ सय ३६ लााई समेत आधार मान्दा डाटतर्फ कम्पनीको बजार हिस्सा अग्रस्थानमै छ । 

 

कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान कार्यलाई पनि तीव्रता दिएको उल्लेख गरेको छ । आथिृक वर्ष २०७३/२०७४ मा मात्रै १ हजार ४ सय १५ नयाँ बिटिएस टावर सञ्चालन र ६८९ पुरानो विटिएस टावर प्रतिस्थापन तथा ३८७ फोरजी विटिएस समेत गरी कूल २ हजार ४  सय ९१ बिटिएस सञ्चालनमा ल्याइएको छ । 

 

आर्थिक वर्ष ७४/७५को अन्त्यसम्ममा थप २३५ स्थानमा बिटिएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बिटिएस सिराहा र सप्तीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका भन भने ३ वटा सञ्चालनका क्रममा रहेका छन् ।  ७ वटा विटिएस जडानको क्रममा रहेका कम्पनीले स्पष्ट पारेको छ ।

 

कम्पनीले टिडिएम प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई अत्याधुनिक आइपी प्रविधिको प्रणालीबाट विस्तापित गर्ने आयोजना आर्थिक वर्ष २०७३÷७४ मा कार्यान्वय आरम्भ भएको र यस अवधिमा पुराना प्रविधिका एक्सचेन्जहरुलाई आइएमएस प्रविधिको उपकरणले प्रतिस्थापन गरी सबै ग्राहकलाई डाटा सेवा उपलब्ध गर्ने क्षमता सहित १ लाख २७ हजार ७ सय ४० लाइन सञ्चालनमा ल्याइएको छ । 

 

त्यस्तै गरी आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार सबै सेवाहरुको बिलिङ प्रणालीलाई एकीकृत रुपमा सिआरबिटीमा स्तरोन्नति गरिएको उल्लेख छ । भूकम्पनबाट अति प्रभावित चार जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, नुवाकाटे र रसुवा जिल्लाका ४ सय ४  स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।  

 


विज्ञप्तिमा डाटा सेवाको राजस्व पनि वृद्धि भएको उल्लेख छ । विज्ञप्तिमा भनिएकोछ, ‘डाटा सेवाको राजस्वको प्रवृत्ति हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि हुने देखिएको छ । कम्पनीको सबैभन्दा ठूलो ग्राहक आधा रहेको जिएसएम मोबाइल सेवाको राजस्व पनि वृद्धि हुने देखिएको छ ।’

 

कम्पनीको सेवा सुविधा सम्बन्धमा आम उपभोक्तालाई सहज जानकारी दिन राष्ट्रिय दैनिक पत्रिका, अनलाईन सञ्चारमाध्यम, राष्ट्रिय तथा स्थानीय विपभिन्न भाषमा एफएम रेडियो र टिभीका साथै कम्पनीको साइटहरुमा जानकारी प्रकाशन प्रशारण हुँदै आएको छ । 

र याे पनि

निजीसँग मिलेर टेलिकम डुबाउन खोजेको आरोप लगाउँदै कामिनी बर्खास्त गर्न सिफारिस 

 

 

 

 

नेपाल टेलिकम कामिनी राजभण्डारी

विशेष