राजनीति

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा आर्थिक वर्ष ०७५/७६ को बजेटबारे छलफल भइरहेको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

 

सिंहदरबारमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिको विषयमा ‘ब्रिफिङ’ गरिरहेको उनको सचिवालयले जनाएको छ। रक्षामन्त्रीसमेत रहेका नेता रामबहादुर थापा, ऊर्जामन्त्री रहेका वर्षमान पुन, नेता देव गुरुङलगायत  बैठकमा सहभागी छन्। 

 

संघीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार सरकारले जेठ १ गते वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। संवैधानिक प्रावधानअनुसार जेठ १५ मा सरकारले वार्षिक बजेट सदनमा पेश गर्नेछ।
 

माओवादी केन्द्र प्रचण्ड

विशेष