मुख्य समाचार देश

राष्ट्रियसभाका लागि चार समिति प्रस्ताव

राष्ट्रियसभाका लागि चार समिति प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभामा चारवटा समिति रहने गरी राष्ट्रियसभा नियमावली, २०७५ सदनमा पेश भएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले मस्यौदा पेश गरेका हुन्।

 

नियमावली मस्यौदानुसार राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहने प्रस्ताव गरिएको छ। मस्यौदामाथि मंगलबारसम्म संशोधन पेश गर्न समय दिइएको छ।

 

सरकारलाई राष्ट्रियसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन र सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन, मूल्यांकन गरी आवश्यक निर्देशक वा रायसल्लाह दिन चारवटा समिति प्रस्ताव गरिएको हो।

 

सार्वजनिक रुपमा उठेका प्रश्न वा कसैले समितिसमक्ष दिएको सूचनाका आधारमा आवश्यक छानबिन गर्ने, आचारसंहिताको उल्लंघन गरेको भनी सार्वजनिक रुपमा उठेका प्रश्न वा कसैले समितिसमक्ष दिएको सूचनाका आधारमा आवश्यक छानवीन गर्ने तथा आचरण सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चारमाध्यमसँग आवश्यक जानकारी लिन सक्नेछ।

समिति राष्ट्रियसभा

विशेष