मुख्य समाचार देश प्रदेश १

रामेछापको उमाकुण्ड गाउँपालिका पाँचका वडाअध्यक्ष बेपत्ता

रामेछापको उमाकुण्ड गाउँपालिका पाँचका वडाअध्यक्ष बेपत्ता

रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिका- ५ का वडाअध्यक्ष कुवेर खत्री बेपत्ता भएका छन् । मंगलबार विहान ८: ३० बजे गाउँकार्यपालिकाको बैठकमा सहभागी हुन हिडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

 

गाउँपालिका सदस्यलाई बैठकमा जानु पर्छ भनी खबर गरेर मोटरसाइकलमा हिडेका खत्रीको मोटरसाइकल दिउँसो लिखु खोलाको किनारमा भेटिएको थियो । सोही ठाउँमा कोट, जुत्ता र डायरी फेला परेको प्रवक्ता नेवारले बताए ।

 

वडाअध्यक्ष खत्री अबेरसम्म बैठकमा नआएपछि उनलाई सम्पर्क गर्दा मोबाइल नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको खोजी गरिएको थियो ।

 

वडाअध्यक्ष खत्रीले प्रयोग गरेको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएपछि अहिले उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

रामेछाप बेपत्ता उमाकुण्ड गाउँपालि कुवेर खत्री

विशेष