प्रचण्डले जे जे भन्छन् मानेर पार्टी एकता गर्न एमाले यसकारण तयार
काठमाडौं । प्रचण्डले जे जे भन्छन्, त्यो मानेर एमालेले पार्टी एकता गर्ने भएको छ । पहिले पो संविधानमा केन्द्रीय समिति वा संंसदीय दलको कम्तीमा ४० प्रतिशत लिएर दल फुटाउन सक्ने प्रावधान थियो । तर, अहिलेको संविधानबाट ‘वा’ हटाएर ‘र’ राखिएकोछ । त्यसैले ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद लिएर पार्टी फोड्ने सुविधा प्रचण्डलाई छैन ।
दुवैमा ४० प्रतिशत हुनै पर्ने बाध्यात्मक व्यवस्था छ । अहिले नै दुई पार्टीको संसदीय दलमा माओवादी प्रतिनिधित्वको हिसाब गर्ने हो भने २८ प्रतिशत मात्र छ । ४० प्रतिशत पुग्ने सम्भावना छैन ।
टोपबहादुर, प्रभु शाह, नारायणकाजीहरुको समूहप्रति प्रचण्डलाई त्यसै पनि भरोसा छैन । यसैले पनि प्रचण्ढ बाबुराम र उपेन्द्रसँग वार्ता गरेर एकीकृत पार्टीमा भरोसायोग्य समूह बनाउने कसरत गरेको बताइन्छ ।
जनआस्था साप्ताहिकबाट