बाबुराम र उपेन्द्र पनि प्रचण्डसँगै एमालेमा मिसिन खोजेका हुन् ?
काठमाडाै । यातायात व्यवसायीले सिण्डिकेट राख्न पाउनु पर्ने भन्दै सार्वजनिक यातायातका साधन उपत्यकामा ठप्प पारेको दिन बिहानै निजी प्लेटको सवारीमा प्रचण्डको नयाँ निवास खुमलटार, धापाखेलमा अचम्मैसँग दुई विपरीत धारका नेताहरु एकैसाथ पुगेका छन् ।
बाबुराम भट्टराई र उपेन्द्र यादव भलाकुरी गरेर त्यसरी त्यहाँ गएका हुन् । प्रचण्डनिकट स्रोतका अनुसार सरकारसँगको सम्बन्धबारे उपेन्द्र अहिले निकै लिबरल देखिएका छन् । सरकारमा आउन, मोर्चा मिलाउन पनि तयार छन् । तर बाबुराममा भने हिच्किचाहट देखिन्छ । एमालेसँग मिलेर डिल गर्दा शक्तिशाली होइन भन्ने पार्न पनि प्रचण्डले उक्त भेटघाटको आयोजना गरेका हुन सक्छन् ।
उपेन्द्रको कुरा चाहिँ के छ भने दुईवटा मन्त्रालय उनका लागि छुट्टयाइएको भए पनि आन्तरिक व्यवस्थापनमा समस्या छ । देखावटी कारण संविधान संशोधनमा लिखित प्रतिबद्धता भनिए पनि तीनवटा मन्त्रालयको माग हो । आफूलाई एउटा, सहअध्यक्ष राजेन्द्र श्रेष्ठका लागि एउटा र रेणु यादवका लागि नभई भएको छैन ।
जनआस्था साप्ताहिकबाट