राजनीति

जनकपुरमा भारतकै लगानीमा  नरेन्द्र मोदीको भव्य स्वागतको तयारी 

जनकपुरमा भारतकै लगानीमा  नरेन्द्र मोदीको भव्य स्वागतको तयारी 

काठमाडौं । जनकपुरमा के–के हुँदैछ थाहा पाउनुभयो भने पक्कै पनि अचम्म लाग्ला । हिजोका मितिसम्म प्रदेश सरकारहरु माथिबाट एकसुका आएन, बजेट भएन र खर्चको अख्तियार पनि पाइएन भन्दै थिए, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि अहिले जनकपुरमा मेसिनबाट नोट छापेर बिस्कुन फुकाएसरी खर्च भएको देखिदै छ ।

 

 जबकि अहिलेपनि केन्द्र सरकारले त्यहाँ पैसा पठाएको छैन । सानाभन्दा सानो काम गर्न पनि प्रदेश सरकारले स्रोत, साधनको अभाव देखाउने, चोक चोकमा बत्ती फिट गर्न र शौचालयमा फिनेल राख्नसमेत पैसा छैन भन्ने गर्दै आएकोमा मोदीको स्वागतार्थ छक्कै पर्ने गरी पूरै जनकपुर रंगिएको छ । जानकी मन्दिर जाने मुख्य सडकको दायाँबायाँका सबै घर एउटै रङले रंगिएका छन् । जबकि घरबेटीले त्यसनिम्ति पैसा खर्च गरेको छैन । सडकका पर्खालहरु सेता र घरहरुमा पहेँलो रङ पोतिएका छन् । 

 

भित्ताहरुमा मधुवनी आर्ट्समा पेन्टिङसमेत गरिएको छ । जबकि घरका भित्तामा सजाइने आधी भिटरको एउटै पेन्टिङ तयार पार्न पनि दुई हजार रुपैयाँ खर्च लाग्छ । 

 

स्रोतका अनुसार दूतावासबाट सिधै कोष प्राप्त गर्ने त्यस्ता क्लबहरुलाई बाँडन भारत सरकारले राम्रै व्यवस्थापन मिलाएको बुझ्न गाह्रो छैन । अझ रमाइलो त यो छ कि यसचोटि जनकपुरमा मोदी पक्कै आउँछन् भन्ने देशवासीले भर्खरै थाहा पाए तर टाठाबाठाले त्यहाँका केही बासिन्दाचाहिँ पहिले नै यसबारे सुसूचित रहेछन् ।  राज्य हुनु र नहुनुको आभाष र अनुभूति भ्रमणको तयारीमा गरिएको स्रोत साधन परिचालले मात्रै होइन कि त्यहाँ स्वागत गर्न आतुरहरुमा देखिएको अनुपम एकताले प्रष्ट्याएको छ ।

 

सरसफाइ र वातावरणको नाममा दृष्य अदृष्य पैसा त ओइरिएको छ । विमलेन्द्र निधि र राजेन्द्र महतो जस्ता विपरीत ध्रुवका मानिस पनि झाडु बोकेर मोदी स्वागतमा खटिएका छन् । 

जनआस्था साप्ताहिकबाट 
 

विशेष