राजनीति

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

मणि थापाले ३ घण्टा गोप्य वार्ता गरेर खबर सुनाए

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला केही ‘एक्सन’का कारण चर्चामा छन् । सिन्डिकेटविरुद्ध उनले सुरु गरेको कारवाहीलाई धेरैले प्रशंसा गरे ।

 

यसअघि नै सुन प्रकरणका दोषीलाई धमाधम पक्राउ गरेपछि नै बादलको कामको प्रशंसा भएको हो । त्यसो त उनी गृहमन्त्रीमा बहाल हुनासाथा ‘एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन भित्रिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि धेरैले उनको आलोचना गरेका थिए ।

 

जुन उनका लागि ठूलो चुनौती पनि थियो । अन्ततः पछिल्ला गतिविधिका कारण बादलको चौतर्फी प्रशंसा भएको छ । क्यविनेटमा र माओवादी केन्द्रभित्रै अचेल बादललाई प्रभावशाली मन्त्रीको रुपमा हेर्न थालिएको छ ।

 

अर्को चुनौती विप्लव समूह
नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादी नै अहिले गृहमन्त्री बादलका लागि मुख्य चुनौती बनेको छ । कुनैबेलाका प्रिय सहयोद्धा अहिले दुई विपरित धारमा रहेर आआफ्नो शक्ति र प्रभाव देखाउँदै छन् ।


र उनीहरु दुबैको चुनौती आफूलाई पुष्टि गर्नैपर्ने छ । विप्लवको प्रभाव त्यतिबेला मात्रै देखिन्छ जतिबेला गृहमन्त्री बादललाई उनले कमजोर सावित गर्न सक्छन् । ठीक उल्टो बादलले जसरी पनि विप्लवका गतिविधि निस्तेज पार्नै पर्ने छ ।

 

विप्लवलाई शान्त रहन आग्रह
यस्तो अग्नि परिक्षामा यी दुई नेताबीच मध्यस्तताको सहायताबाटै केही कुराकानी समेत भएको छ । स्रोतका अनुसार विप्लवले माओवादी केन्द्रका नेता मणि थापाको सहायताबाट विप्लवलाई गतिविधि नगर्न आग्रह गरेका छन् ।

 

अघिल्लो साता मात्रै मणि थापाले विप्लवलाई काठमाडौंमै गाेप्य रूपमा भेटेर धेरै उग्र नबन्न आग्रह गरेका थिए । काठमाडौंको संखमुलस्थित एक भवनमा ३ घण्टासम्म भएको वार्तामा थापाले विप्लवलाई उग्र बनेको खण्डमा सरकार जस्तोसुकै कारवाही गर्न पछि नपर्ने चेतावनी दिएका थिए ।

 

बरु केही मुद्दा मिलाएरै एकतामा आउन समेत थापाले विप्लवलाई आग्रह गरेका थिए । विप्लवले भने जवाफ स्वरुप परिस्थिति अघि बढिसकेकाले अब रोकिन सम्भव नभएको बताएका थिए ।

 

थापाको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले बताए, ‘तपाईँहरुको गतिविधिलाई लिएर सरकार जस्तो सुकै रुपमा प्रस्तुत हुनसक्ने अवस्था छ । त्यस्तो भयो भने मुलुकका लागि र तपाईँहरुकै लागि हानिकारक हुनसक्छ ।’

 

आम जनताको अपेक्षा समेत समृद्धि र विकास भएकाले अहिले कुनै पनि किसिमको विद्रोह सम्भव नभएको भन्दै थापाले प्रचण्ड र बादल स्वयं विप्लवलाई कुनै न कुनै रुपमा समेटेर जाने ‘मुड’मा रहेको भन्दै आग्रह गरेका थिए ।

 

स्मरणीय छ, सरकारले नेत्रविक्रम चन्द विप्लव सहित नेकपाका तीन नेताको घरमा पुर्जी टाँसेको छ । साथै उनीहरुमाथि हतियार खरखजना सम्बन्धि मुद्दा दायर छ । विप्लव लगायत नेकपाका केही नेता–कार्यकर्ता पक्राउ परेका छन् भने थुप्रै नेताहरु अर्धभुमिगत शैलीमा आफ्ना गतिविधि बढाउँदैआएका छन् ।
 

विप्लव माअाेवादी प्रचण्ड सरकार बादल मणि थापा

विशेष