राजनीति

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषय चर्चामा मात्रै छैन विवादमा पनि छ । खासगरी प्रतिपक्षी दलका नेता, बौद्धिक तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले यस किसिमको भ्रमणप्रति आपत्ति जनाएका छन् ।

 

भारतबाट सरासर जनकपुर जाने मोदीको कार्यतालिका प्रति आपत्ति जनाइएको छ । साथै नागरिक अभिनन्दनको तयारीमाथि पनि प्रश्न उठाइएको छ । केपी ओली स्वयं पहिलो पटक प्रधानमन्त्री बनेको बेला नाकाबन्दी लगाएको भारतका प्रधानमन्त्री मोदीलाई उनकै कार्यतालिका अनुसार भ्रमण गराउनु राष्ट्रिअहितमा रहेको टिप्पणी उठेको हो ।

 

यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकास शर्माले मोदीको जनकपुर भ्रमणमाथि प्रश्न उठाएका छन् । उनले आजै ट्वीटरमार्फत सरकारलाई ६ प्रश्न तेस्र्याएका छन् ।

 

विश्वप्रकासका ६ प्रश्नः

जनकपुरमा मोदीको भ्रमण गराउनु मधेसलाई फरक हैसियतमा सम्बोधन गरिएको आशय सहित शर्माले केपी ओली नेतृत्वको सरकारलाई प्रश्न गरेका हुन् । उनले सोधेका छन्ः  भ्रमण देशको कि प्रदेशको ? भिन्न दुई भुगोलमा अभिनन्दन कति राष्ट्रिय ? जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ? भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ? नाकाबन्दीको भुल बोध गरिँदै कि भुल्दै ? हाम्रा प्रधानमन्त्रीको राष्ट्रवाद कुन मन्चमा सुकुला ?

 


 

माेदी भ्रमण केपी अाेली विश्वप्रकास शर्मा

विशेष