मुख्य समाचार देश

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

काठमाडाैं । गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने उनलाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि उनलाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे।

‘गाउँ–गाउँमा सिंहदरबार होइन, सिंहचाहिँ पक्कै आएका छन्,’ उनले भने, ‘खोई अहिलेसम्म हाम्रो गाउँमा सिंहदरबार आएको महुसस गरेका छैनौँ । सवारीसाधन चल्ने सडक समेत अहिलेसम्म पाएका छैनौँ । गाउँघरमा कोही बिरामी परे डोकोमा नै बोकेर अस्पताल धाउनुपर्ने बाध्यता छ।’

 

रत्नपार्कबाट साँखु बसपार्क करिब १७ किलोमिटरमा पर्छ । त्यहाँबाट करिब ७ देखि ९ किलोमिटरसम्म बसोबास गर्नेहरू दैनिक दुई घन्टा पैदलयात्रा गरेर मात्रै सार्वजनिक यातायात चढ्न पाउँछन् । जनप्रतिनिधि आएपछि यो समस्या समाधान होला भनेर जनताले आस गरेका थिए । तर, जनप्रतिनिधि आएको एक वर्ष बितिसक्दा पनि जनताले अपेक्षाअनुसार परिणाम पाउन सकेका छैनन् ।

रत्नपार्कबाट साँखु बसपार्क करिब १७ किलोमिटरमा पर्छ । त्यहाँबाट करिब ७ देखि ९ किलोमिटरसम्म बसोबास गर्नेहरू दैनिक दुई घन्टा पैदलयात्रा गरेर मात्रै सार्वजनिक यातायात चढ्न पाउँछन् । जनप्रतिनिधि आएपछि स्थानीय समस्या समाधान होला भनेर जनताले आस गरेका थिए । जनप्रतिनिधि आएको एक वर्ष बितिसक्दा पनि जनताको अपेक्षाअनुसार परिणाम पाउन सकेको छैन।

स्थानीयवासीको चाहनाअनुरूप जनप्रतिनिधिले काम नगर्दा यतिबेला जनता निराश हुन थालेका छन् । शंखरापुर नगरपालिका– ८ का वडाध्यक्ष हितमान तामाङ ‘गाउँ–गाउँमा सिंहदरबार’ नारामा मात्रै सीमित भएको बताउँछन् । ‘चुनावताका गाउँ–गाउँमा सिंहदरबार भनेर प्रचार–प्रसार गरियो । वास्तवमा गाउँमा सिंहदरबार आउनै सकेन,’ उनले भने, ‘बजेटजति संघीय सरकारमा केन्द्रित गर्ने, अनि कसरी आओस् गाउँमा सिंहदरबार ?’

 

स्थानीयवासीको चाहनाअनुरूप जनप्रतिनिधिले काम नगर्दा यतिबेला जनता निराश हुन थालेका छन् । शंखरापुर नगरपालिका– ८ का वडाध्यक्ष हितमान तामाङ ‘गाउँ–गाउँमा सिंहदरबार’ नारामा मात्रै सीमित भएको बताउँछन् ।
 

शंखरापुरको ग्रामीण क्षेत्रमा यातायात सेवा नहुँदा स्थानीयवासी दैनिक दुईदेखि तीन घन्टासम्म हिँडेर साँखु बसपार्कसम्म आउने गरेका छन् । वडाध्यक्ष तामाङले संघीय सरकारले पर्याप्त कानुन र बजेट उपलब्ध गराउन नसक्दा स्थानीयवासीमा गाउँ–गाउँमा सिंहदरबार आएको महसुस नभएको बताए । ‘ग्रामीण भेगमा वडाको सेवा प्रवाह पु¥याउनै कठिन छ । त्यसैले जनताले परिवर्तनको महसुस गर्न पाएका छैनन्,’ उनले भने, ‘अधिकार जति केन्द्रमा राख्ने, अनि गाउँ–गाउँमा सिंहदरबार भनेर मात्रै नपुग्ने रहेछ।’

उनका अनुसार स्थानीय तहमा आवश्यकभन्दा निकै कम बजेट भएकाले काम गर्न अप्ठेरो भएको छ । ‘जनप्रतिनिधि आएसँगै धेरै परिवर्तन होला भनेर आशा गरेका थियौँ । आशा त निराशामा परिणत भइसक्यो,’ कोटेश्वरका अशोक सुवेदीले भने, ‘जनप्रतिनिधि हुनु र नहुनुमा फरक देखिएन।’

तारकेश्वर नगरपालिका– ३ का वडाध्यक्ष मनोहरि तिवारीले गाउँ–गाउँमा सिंहदरबार आउन नसकेको बताए । ‘गाउँ–गाउँमा सिंहदरबार भनेर सरकारले मिठो नारा मात्रै ल्यायो । तर, गाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेन,’ उनले भने, ‘स्थानीय तहका जनताका आशा र अपेक्षालाई स्थानीय तहले पूरा गर्नै सक्दैनन् । त्यसैमा संघीय सरकारबाट अति नै कम मात्रामा बजेट विनियोजन भइरहेको छ। नागरिक दैनिकबाट ।

स्थानीय तह सिंहदरबार शंखरापुर नगरपालिका

विशेष