मुख्य समाचार समाज

ऐन परिमार्जनसँगै युवाको उमेर घटाइँदै

ऐन परिमार्जनसँगै युवाको उमेर घटाइँदै

काठमाडौँ । सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ ।

 

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार अब राष्ट्रिय युवा परिषद् ऐनमा युवाको उमेर घटाउने दिशामा छौं,’ युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले भने, ‘अब संघीय संरचनाअनुरूप कानुन संशोधन मस्यौदा तयार भएका छन् । व्यवस्थाअनुसार ऐन तथा युवा नीति परिमार्जनसहित युथ भिजन कार्यान्वयन गर्नेछौं ।’ 

 

उनले बिहीबार सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । पहिलोपटक, २०६६ सालमा राष्ट्रिय युवा नीति जारी भएको थियो । नीतिमा उल्लेख हरेक पाँच वर्षमा परिमार्जन गर्नुपर्ने प्रावधान छ ।

युवा अन्तर्राष्ट्रिय प्रचलन

विशेष