मुख्य समाचार राजनीति

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै

काठमाडौं । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु संसदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । 

 

बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । 

 

बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन ।

 

सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् ।

 

बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बासेटा मात्रै थिए । 

 

प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए ।  आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

प्रतिनिधिसभा संसदभवन

विशेष