भिडियो राजनीति

मार्क्सवाद प्रयोग भएको हेर्न विदेशी नेता नेपाल आए (भिडियाेसहित)

मार्क्सवाद प्रयोग भएको हेर्न विदेशी नेता नेपाल आए (भिडियाेसहित)

काठमाडौं । कार्ल माक्र्सको २०० औं जन्मजयन्तीको अवसरमा नेपालमा १२ देशका कम्युनिस्ट नेताहरू भेला भए । नेपालमा माक्र्सवादको प्रयोग कसरी भएको भन्ने बुझ्न पनि नेपालमा विश्वभरीका राजनीतिक दलका नेताहरू भेला भएका थिए  । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १ सय ७० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन आयोजना गरिएको थियो ।

 

सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारूढ कम्युनिस्ट पार्टी र अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापानलगायत देशका कम्युनिस्ट पार्टीका नेता सहभागी थिए ।

 

कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूले ६ बुँदे काठमाडौं घोषणापत्र जारी गरे । ६ बुँदामध्ये दुईटा बुँदाहरूमा नेपालको एमाले र माओवादी पार्टी एक भएकोमा सहभागीहरूले खुशी जनाउँदै प्रशंसा गरेका थिए । 

 

कार्ल माक्र्स सम्मेलन नेपालमा गर्नुको कारण, एकतापछिको कम्युनिस्ट धारणा र यसको मूल्यांकन नेपालका कम्युनिस्टहरूले कसरी गरिरहेका छन् त ? नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाइँले नेपाल आजका लागि दिएको अन्तर्वार्ता:


नेपालमा लामो समयपछि कम्युनिस्ट एकता हुनु आफंैमा सबल पक्ष हो । कार्ल माक्र्सका सिद्धान्तको प्रयोग र सफलताको हिसाबले एक उदाहरणीय देश हो । कार्ल माक्र्सले प्रक्षेपण गरेका कुराहरू कसरी लागू गर्न सकिन्छ भन्ने नेपालबाट राम्रो पाठ प्रसार भएको छ । 


हामीले सम्मेलनको अन्तिममा जारी गरेको ६ बुँदे काठमाडौं घोषणापत्रमा दुई बुँदामा खुशी भएर १७ देशका २२ राजनीतिक दलले प्रशंसा व्यक्त गरेका छन् । 


हामीले त्यो सम्मेलन विवादरहित बनाउन नसके पनि कम्युनिस्ट पार्टी कसरी जनतानिकट हुन सक्छ ? कसरी शासन सत्ताको पुरानो शैली बिगारेर नयाँ ढंगले अगाडि बढ्न सक्छौं भन्ने पाठ सिकेका छौं । अब नेपालका कम्युनिस्टहरूलाई गल्ती गर्ने छुट छैन । अब कम्युनिस्ट सुध्रिएर जनताको नजिक हुन जरुरी छ । विश्वभरी जहाँ कम्युनिस्टहरूले सत्ता चलाइरहेका देशहरूको सार भनेको जनताले नेताहरू भन्दा आफूहरू गरिब, पछाडि परेको भान गर्छन्, यो अवस्थामा कम्युनिस्ट नेताहरूलाई कसरी जनताप्रति उत्तरदायी बनाउने, कसरी तल्लो तहका जनताको सेवक बनाउने भन्नेजस्ता अलि बढी नै ध्यान दिनुपर्ने कुराहरू यो सम्मेलनको उद्देश्य हो । 

 

ल्याटिन अमेरिकी मुलुकहरूमा त्यहाँको देश, त्यहाँको परिवेश समाजवाद उन्मुख एउटा छुट्टै खालको अनुभव छ । उदाहरणका लागि केही समय अगाडि मात्र भेनेजुयलामा चुनाव भयो, त्यहाँको चुनावका लागि गरिएको धेरै ठूलो संघर्ष र तयारीका अतिरिक्त अमेरिकी दबाबमा रहेका राजनीतिक दलहरू पछाडि हट्दा चुनाव सफल हुन सकेन भन्ने कुरा त्यहाँको प्रतिनिधिले सम्मेलनमा राख्नुभएको थियो । 


सबैभन्दा ठूलो चर्चाको विषय भनेको जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल कहीँ न कहीँ विदेशीहरूबाट आशीर्वाद प्राप्त गरेका हुन्छन् भन्ने कुरा सहभागी प्रतिनिधिहरूले राख्नुभएको थियो । त्यहाँको तुलना गर्दा नेपाली राजनीतिक दलहरू त्यति ठूलो अरूको दबाबमा देखिँदैनन् । नेपालमा लामो समयदेखि संघर्ष गरेर जन्मिएका राजनीतिक दलहरू अन्य देश जस्तो परनिर्भर छैनन् । 

 


२००७ सालदेखि नै नेपालका राजनीतिक दलहरूले जनताका पक्षमा निकै नै राम्रो काम गरेका छन् । त्यसमाथि नेपालको परिवर्तनमा नेपाली कम्युनिस्ट दलहरूको नेतृत्वदायी भूमिका रहेको छ । त्यसैले उनीहरूसँग म गर्वका साथ भन्छु कि नेपालको कम्युनिस्ट आन्दोलन निकै समृद्ध छ, गहिरो इतिहास बोकेको छ । 

 

नेपालको अहिले नीति तथा कार्यक्रम निकै दीर्घकालीन छन् । किनभने हामीले ५ वर्ष मात्र होइन २० वर्ष नेतृत्व गर्न पाउनेछौँ । जनताले हामीलाई फेरि पनि अनुमोदन गर्नेछन् भन्नेमा ढुक्क छौं । 

 

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्नुभएको ५ वर्षको म्याराथुन दौड जस्तै हाम्रो देश समृद्ध बनाउने बजेट घोषणा गरेको छ । घोषणापत्रमा भन्दा केही फरक कार्यक्रम जस्तो लागेपनि वास्तविकता एउटै हो । 

 


नेपालको इतिहासमा तत्कालीन माओवादी युद्धमात्र लडेको पार्टी होइन, २००७ पछिको त्यतिबेलाको संयुक्त जनमोर्चा जुन पहिलो संसद्मा एकता केन्द्रमा एउटा खुला मोर्चाका रूपमा थियो ।  त्यो संयुक्त जनमोर्चा सदनको तेस्रो ठूलो दलको रूपमा थियो । जसको ७ जना सांसद निर्वाचित भएर आएका थिए । ती नै नेताहरू अझै हाम्रो पार्टीमा छन् ।  त्यसैले माओवादी हतियार बोकेको र चुनाव लडेको दुवै संघर्ष गरेको पार्टी हो । 

 


अब पार्टी एकतापछि म एक युवता नेता भएको हैसियतले हाम्रा युवा, कार्यकर्ता तथा शुभचिन्तकलाई यो एकता युवा र भविष्यका लागि भएको जानकारी गराउन चाहन्छु । पार्टी एकतामा को प¥यो ? परेन भनेर विश्लेषण गर्नुभन्दा सबै कुरालाई सामान्य रूपमा बुझेर अगाडि बढ्न आवश्यक छ । हो, केही चित्त नबुझ्ने गरी वर्गीकरण भएका छन् तर, यी कुरालाई हामी आगामी दिनमा सच्याउँदै जानेछौँ । 

 


त्यस्तै विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सकिएको केही साता मात्र बितेको छ । 


सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका कम्युनिस्टहरू निकै संघर्षका साथ सरकारमा सहभागी भएकाले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न लागि परेको जनाए । उनले नेपाली कम्युनिस्टहरूले कार्ल माक्र्स सिद्वान्तहरू अगाँल्दै अगाडि बढिरहेको अवगत गराए । 

 

उनले जनताको बहुदलीय जनवादले कम्युनिस्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वोच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गरे ।

 


माक्र्सवादी विचारहरूका बारेमा विश्वका विभिन्न भूभागमा रहेका कम्युनिस्ट, समाजवादी तथा श्रमिक पार्टीकाबीचमा अनुभव आदान प्रदान भयो । 

 

विश्वमा कम्युनिस्टहरू लोप हुँदै गएको हो कि भन्ने लागेता पनि कम्युनिस्ट नेताहरूले भने विश्वमा शासन व्यवस्थामा मात्र परिवर्तन आएको र संसारभर नै कम्युनिस्टहरूको सञ्जाल फैलिँदै गएको दाबी गरे ।

 

जनताको मुक्ति र समाज रूपान्तरणलाई कम्युनिस्टहरूले केन्द्रमा राख्ने भएकाले समाजवादले समृद्धि हासिल गरी न्यायोचित वितरण कसरी गर्न सक्छ भन्नेमा कम्युनिरूटहरूको ध्यान रहेको नेताहरूले उद्घोष गरे ।

 

सम्मेलनमा सहभागी भारतीय कम्युनिस्ट नेताहरूले पनि कार्ल माक्र्सको विचारलाई नै आत्मसात् गर्दै विश्वका कम्युनिस्टहरू अगाडि बढ्नु पर्नेमा जोड दिए ।

माक्र्सवाद कम्युनिस्ट पार्टी युवराज चौलागाइँ

विशेष