राजनीति

देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी

देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी

डडेल्धुरा । निर्वाचनपटि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए । 

 

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् । 

 

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

 

'सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्', कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, 'डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।'

 

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे । 

 

देउवा बोलिरहँदा कार्यकर्ताले 'स्वेच्छाचारी बन्न पाईंदैन' भन्दै नाराबाजी गरो थिए ।  आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।

शेर बहादुर देउवा डडेल्धुरा

विशेष