मुख्य समाचार देश

चाँडै प्रधानन्यायाधीश नियुक्त गर्छाैँ: मन्त्री तामाङ

चाँडै प्रधानन्यायाधीश नियुक्त गर्छाैँ: मन्त्री तामाङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले प्रधानन्यायाधीशको नियुक्तिको टुंगो चाँडै लाग्ने बताएका छन्। उनले चाँडै संवैधानिक परिषदको बैठक बसेर प्रधान्यायाधीश नियुक्तिको टुंगो लाग्ने बताएका हुन्।  

 

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा कानुनमन्त्री तामाङले संविधानको प्रक्रियाअनुसार प्रधानन्याायाधीश नियुक्तिको काम भइरहेको जानकारी दिए।

 

‘संसदको नियमावली बनेकाले अब सुनुवाई समिति गठन हुन्छ। त्यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको टुंगो लगाउनेछ’, परिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री तामाङले भने।

 

यस्तै उनले न्यायलयभित्र आवश्यकभन्दा बढी न्यायाधीश पद रहेकाले पुनरावलोकन गरिनेसमेत बताए।  ‘हामी पुनरावलोकन गरिरहेका छौँ’, तामाङले भने,‘केही पद रिक्त भएको विषयभन्दा पदमा बहाल रहेका न्यायाधीशबाट राम्रो काम भएको छ कि छैन भनी अनुगमन गर्नु महत्त्वपूर्ण छ।’

 

उनले अद्धालतमा कुनै अनियमितता हुन नदिने प्रतिवद्धता जनाए। उनले भने,‘अदालत शुद्ध हुन सके राज्यका अन्य निकाय पनि शुद्ध हुन्छ। अन्यत्र अनियमितता, भ्रष्टाचार गर्ने व्यक्तिलाई समेत अदालतले कारबाही गर्न सक्छ। आफै शुद्ध भएन भने त्यो काम हुन सक्दैन।’

शेरबहादुर तामाङ प्रधानन्यायाधीश

विशेष