मुख्य समाचार देश राजनीति

सभामुख वा उपसभामुखमध्ये एक पद छाड्न कांग्रेसको माग

सभामुख वा उपसभामुखमध्ये एक पद छाड्न कांग्रेसको माग

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दल नेकपासँग माग गरेको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरेकी हुन् । 

 

एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई निर्वाचन आयोगले २४ जेठमा दल दर्ता गरिसकेको भन्दै उनले सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्नुपर्ने बताइन् । राजनीतिक दल दलसम्वन्धी कानुनको दफा ३३ (१) (क) मा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था रहेको उनले बैठकमा जानकारी गराएकी छन् । 

 

सभामुख कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रका सांसद हुन् र सर्वसम्मत सभामुख चुनिएका थिए । उपसभामुख शिवमाया तुम्बाहाम्फे एमाले सांसद हुन् । उनी कांग्रेस उम्मेदवार पुष्पा भुसाललाई पराजित गर्दै उपसभामुख चुनिएकी थिइन् । 

माग सभामुख वा उपसभामुख छाड्न

विशेष