राजनीति

संघीय संसदको बैठक स्थगित

संघीय संसदको बैठक स्थगित

काठमाडौं । संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।

 

सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची थियो । तर महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका छन् । आजको बैठकमा प्रतिनिधि  सभा र राष्ट्रिय सभाको दुबै नियमावली पेश गर्ने कार्यक्रम तय भएको थियो । 

संसद बैठक

विशेष