मुख्य समाचार राजनीति

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौंः केसी

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौंः केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कार्यकर्ताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादविरुद्ध लड्न तयार हुन निर्देशन दिएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सभापति देउवालाई पटकपटक आग्रह गर्दा पनि पार्टीलाई एक ढिक्का बनाएको भन्दै अब संघर्ष गर्न तयार भएको बताए । 


‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ,’ उनले भनने, ‘त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं ।’

 

उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नसक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे ।

 

 तर यसको लागि पार्टीभित्रै सुधारको आवश्यकत्ता रसुधारवादी आन्दोलनको आवश्यकता भएको उनको भनाइ छ । केसीले पार्टी सभापति देउवाको कार्यशैली सामन्तवादी प्रवृत्ति र स्वेच्छचारी रहेको भन्दै भन्दै त्यसले पार्टीलाई पुनरजन्म दिननसक्ने भएकोले बिरोध गरेको बताए । तर, आफू सभापतिले राजीनामा नै दिनुपर्छ भन्ने पक्षमा नरहेको उनले स्पष्ट पारे ।

अर्जुननरसिंह केसी शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली

विशेष