राजनीति मुख्य समाचार

मेरै घरबेटीलाई पनि कारबाही गर्नू: प्रचण्ड

मेरै घरबेटीलाई पनि कारबाही गर्नू: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार निर्माणमा बदमाशी गरेको पाइए आफ्नै घरबेटीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

 

गृहजिल्ला चितवन पुगेका प्रचण्डले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यहाँ मेरो वा कसैको घरबेटी भन्ने चर्चा गर्नु आववश्यक नै छैन । बदमाशी भएको छ भने कारबाही हुनुपर्छ । म बसेको घरको मान्छेले पनि गल्ती गरेको भए कारबाही हुन्छ ।’

 

अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारहरुलाई कारबाहीबारे आफूले गृहमन्त्री रामबहादुर थापालाई केही नभनेको बताएका छन् । ‘गृहमन्त्रीलाई बोलाएर मैले केही भनेको छैन, भन्नु पनि जरुरी छैन, गलत गर्नेलाई कारबाही हुनुपर्छ’, दाहालले भने, ‘मिडियाले जथाभावी लेखे ।

बरु अब मिडियाले चाहिँ आफ्नै लागि कोड अफ कन्डक्ट बनाउन जरुरी छ । सरकारले नियन्त्रण गर्न चाहँदैन तर प्रेसको मूल्य मान्यता पालना गरिनुपर्छ ।’

पुष्पकमल दाहाल प्रचण्ड कारबाही घरबेटी

विशेष