राजनीति

'कांग्रेसलाई सरकारमा ल्याउनु हुँदैन, ल्याउनु जरुरी पनि छैन'

'कांग्रेसलाई सरकारमा ल्याउनु हुँदैन, ल्याउनु जरुरी पनि छैन'

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुर्इ तिहाइ बहुमतको सरकार हुँदा हुँदै पनि राष्ट्रिय एकता र विकासको संकल्पका लागि राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन खोजिएको बताए । 

 

उनले देश विकासका लागि कांग्रेस बाहेकका दललाई सरकारमा ल्याएर हातेमालो गर्न चाहेको बताए ।  ‘कम्तिमा पनि नेपाली कांग्रेसलाई सरकारमा ल्याउनु हुँदैन, ल्याउनु जरुरी पनि छैन’, दाहालले भने, ‘बाँकी अन्य दललाई ल्याएमा लोकतन्त्र चल्छ ।’

 

संसद नियमावालीमा दागी सांसदलाई निलम्बनको व्यवस्था नराखेको बारेमा पनि दाहालले कांग्रेसलाई दोष एि । ‘यो नियमवालीमा निलम्वनबाहेक अरु अर्थ लाग्ने खालको भाषा छैन’, उनले भने, ‘ऐनमा निलम्बन शब्द राख्ने कुरामा कांग्रेस सहमत भएपछि यस्तो आएको हो ।’ 

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल

विशेष