समाज देश

हाेशियार! दूधमा साबुनदेखि युरियासम्म भेटियाे

हाेशियार! दूधमा साबुनदेखि युरियासम्म भेटियाे

काठमाडौं । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाउने गरेको पाइएको छ। गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको  छ। 

 

काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन्। यीमध्ये २५ डेरी उद्योगका ४२ ब्राण्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालमा जाँचिएको थियो। 

 

तीमध्ये ४० वटा मानिसको स्वास्थ्यलाई हानि गर्ने वासिङ सोडादेखि साबुन बनाउने रसायन भेटिएको हो। काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया मलसमेत मिसाएको देखिन्छ। 


पशुले खाने दानामार्फत युरिया दूधमा देखिएको हो। यसबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिएको ठूलो एक डेरीका प्राविधिकले बताए। याे खबर समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।

दूध सोडा साबुन

विशेष