मनोरञ्जन समाज

कलाकार भिम बहादुर थापाकाे निधन

कलाकार भिम बहादुर थापाकाे निधन

काठमाडाै‌ं । वरिष्ठ कलाकार भिम बहादुर थापाको निधन भएको छ । लामो समय देखि नेपाली कलाक्षेत्रमा निरन्तर सक्रिय उनको विहान २ बजे निधन भएको कलाकार जितु नेपाल, सन्ताेष खनाल लगायत कलाकारले आफ्नो फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।

 

उनी  वि स १९८३ साल असार १३ गते सगरमाथा अन्चल खोटाङ जिल्लामा जन्मिएका थिए । उनले ब्रिटिस आर्मीमा भर्ना भएर सन् १९३९ देखि १९४५ सालसम्म दोस्रो विश्वयुद्द लडेका थिए । म राजदरबार भित्रको हाँस्यकलाकार हुँ, दरबारभित्र गएर धेरै पटक हँसाएको छु, उनले पटक पटक यस्तो भन्ने गरेका थिए ।

 

९३ वर्षिय कलाकार थापाले १६० वटा भन्दा वढी टेलिफिल्महरु र ९० वटा भन्दा वढी ठूलो पर्दाका फिल्महरुमा अभिनय गरिसकेका छन् । थापालाई धेरै जसो कलाकारहरु अभिभावकको रुपमा लिन्छन् । 


आगामी असार १३ गतेबाट उनी ९४ वर्षमा प्रवेश गर्दै थिए । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यस अगाडि काठमाडाैंकाे प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । उनको घरमै निधन भएको हो

कलाकार भिम बहादुर थापा

विशेष