मुख्य समाचार देश

देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावली मलाई पठाउनुहोस्: गृहमन्त्री थापा

देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावली मलाई पठाउनुहोस्: गृहमन्त्री  थापा

काठमाडौं । गृहमन्त्री थापाले देशभरीका भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन्।

 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले भ्रष्ट र गुण्डागर्दी समाप्त पार्ने सरकारको अभियानमा साथ दिन आग्रह पनि गरे।

 

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे। उनले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिए।

 

कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने उनको भनाइ छ। 

गृहमन्त्री राम बहादुर थापा

विशेष