मुख्य समाचार राजनीति

'घण्टी नभएको घाँडो, सांसदको मुण्टामा झुण्डाएर बदनाम नबनाउनुहोस्'

'घण्टी नभएको घाँडो, सांसदको मुण्टामा झुण्डाएर बदनाम नबनाउनुहोस्'

काठमाडौं । सांसद मोहन बानियाँले मानव विकास सुचांङ्कमा पछि परेका क्षेत्रलाई उपेक्षा गरे संसद अवरोध गर्ने चेतावनी दिएका छन् । आजको संसद बैठकमा बोल्दै उनले सो चेतावनी दिएका हुन्  ।

 

‘भनुँ भने घरकै बुहारी, नभनुँ भने भ्रष्टै पारि भने झै भएको छ’ भन्ने उखानबाट विनियोजन विधेयकमाथि आफ्नो भनाई राख्न सुरु गरेका सांसद बानियाले मानव विकासको सुचाँकमा पछि परेको, विकासका कुनै पनि पूर्वाधार नबनेको स्थानलाई आधार बनाई बजेट विनियोजन गर्नुपर्नेमा त्यसो नभएकोमा आक्रोश पोखे ।

 

आफुलाई बजेटले बोल्न बाध्य बनाएको भन्दै उनले दुर्गम क्षेत्र विकास समिति र गुम्बा व्यवस्थापन समिति भंग गरिएको भन्दै आपत्ति जनाए । उनले भने–‘दुर्गम क्षेत्रका जनता जसले सात दिन हिँडेर नुन खानुपर्छ । त्यहाँका जनताको लागि दया लाग्छकि लाग्दैन, यो सरकार छकि छैन । यो इण्डिकेट फलो गर्ने हो कि होइन ? किन इण्डिकेट हामी फलो गर्छौ ?’

 

सदियाैंदेखि पछि पारिएको कर्णालीलाई क्षतिपूर्तिको माग गर्दै आएको स्मरण गर्दे उनले राष्ट्रिय विकासको मुल धारमा नल्याईकन अल्पविकसित मुलुकबाट माथि उठ्न नसक्ने ठोकुवा गरे ।

 

२०७५ साल बैशाख  १ गते प्रधानमन्त्रीले रारामा पुगेर राष्ट्रको नाममा सम्बोधन गरेको स्मरण गराउँदै उनले भने– ‘हामीले कसरी मुगु फर्किने हो ? यो अनुहार देखाएर कसरी जाने हो ? १ रुपैयाँ बजेट छुट्याईएको छैन ? रारा धर्तीको स्वर्ग, थाहा छ कि छैन ? रारामा जान हामी रमाउँछौ । राराका लागि एउटा गुरु योजनाका लागि बजेट छुट्याईनु पर्दैन्थ्यो ।’

 

उनले सातवटा प्रदेशलाई दामासायीका दरले गरिएको बजेट विनियोजन अपुग रहेको टिप्पणी गरे । जडिबुटी संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यान नपुगेको तथा खेलकुद मन्त्रालयले पनि मुगुका लागि आवश्यक बजेट विनियोजिन गर्न नसकेको भन्दै उनले भने, ‘ख्याल ठट्टा गरेको हो यो ? १० करोड रुपैयाले के बनाउने हो ? टालेर खाने हो ?’

 

उनले सांसदलाई दिने भनिएको ४ करोडलाई स्थानीय तहमा दिन आग्रह गरे । उनले भने– ‘सांसदको चार करोड फिर्ता लिनोस् । बद्नाम नबनाउनुहोस् । घण्टी नभएको घाँडो, सांसदको मुण्टामा झुण्डाएर बद्नाम नबनाउनुहोस् । यो रकम फिर्ता हुनुपर्छ ।’

सांसद मानव विकास सुचांङ्क

विशेष