राजनीति

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ ।

 

दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो ।


बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ ।  याे खबर आजको नयाँ पत्रिकाले खबर छापेको छ । 

नेपाल कम्युनिस्ट पार्टी केपी ओली पुष्पकमल दाहाल प्रचण्ड

विशेष