भिडियो राशिफल

नेपाल आजमा ‘साप्ताहिक राशीफल' (भिडियोसहित)

नेपाल आजमा ‘साप्ताहिक राशीफल' (भिडियोसहित)

काठमाडौं । नेपाल आजका पाठक, दर्शक एवं शुभचिन्तकहरूको आग्रहमा क्याक्सटन मिडियाद्वारा सञ्चालित न्युज पोर्टल ‘नेपाल आज’ मा ०७५ साल असार १ गतेदेखि साप्ताहिक राशीफल समावेश गरिएको छ ।

 

यो राशीफल असार १ देखि ७ गतेसम्मका लागि मान्य हुनेछ ।  नेपाल आजलाई लोकप्रिय र सबै नेपाली जनताको साझा चौतारी बनाउने लक्ष्यअनुरूप साप्ताहिक राशीफल प्रकाशनको प्रयास एक नयाँ पाइला हो । सबै पाठक, दर्शक र शुभचिन्तकको चाहनाबमोजिम श्रव्यदृश्य राशीफल समावेश गरिएको र पूर्वीय ज्योतिषीय दर्शनशास्त्रको विकास र सम्बद्र्धनका लागि सम्बन्धित विज्ञकै संलग्नतामा फलादेश अभिव्यक्त गरेमा अरू बढी आधिकारिक हुने  विश्वासस्वरूप ज्योर्तिविद् डा. वीरेन्द्र कायस्थलाई उक्त कार्यको जिम्मेवारी दिइएको छ । डा. कायस्थको फलादेश र अन्य सामयिक ज्योतिषीय विवेचना र जानकारीमूलक प्रस्तुती सबैका लागि रुचिकर हुने आसा छ । - सम्पादक


साप्ताहिक राशीफलका लागि यहाँ क्लिक गर्नुहोस् । 

डा. वीरेन्द्र कायस्थ राशीफल ज्योतिषीय दर्शनशास्त्र

विशेष