मुख्य समाचार राजनीति

ओलीको चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुन्छः भट्टराई

ओलीको चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुन्छः भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुने दाबी गरेका छन् ।


ओली अागामी ५ गते चीन जाने तयारीमा छन् । भ्रमणका क्रममा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलका साथै विभिन्न सम्झौता तथा समझदारी हुनेछ ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता डा. भट्टराईले प्रोटोकलमा हस्ताक्षर गर्ने गृहकार्य भइरहेको बताए । उनले भने, ‘प्रोटोकलमा हस्ताक्षर गर्नेगरी दुई देशबीच कागजपत्र आदान-प्रदान भइरहेका छन् ।’

 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा सडक, रेललगायतका पूर्वाधार क्षेत्रहरु, विद्युत, पर्यटन र सिँचाईको विकासका लागि कुराकानी हुने उनले बताए । भट्टराईले भने, ‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा चीनसँग १०बुँदे ऐतिहासिक सम्झौता भएको थियो । अब सबै सम्झौता कार्यान्वयन गर्नुपर्छ ।’

 

आर्थिक विकास र समृद्धिको लागि आफ्ना प्राथमिकताहरु निर्धारण गरेर अघि बढ्नुपर्ने उनको जोड छ । ‘मुलुकको समृद्धिका लागि यो भ्रमण कोशेढुंगा सावित हुन्छ’ उनले भने, ‘हुन त देश बनाउने हामी आफैंले हो, सहयोग सहायकमात्रै हो ।’

 

कार्यक्रममा परराष्ट्रविद एवं पूर्वराजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्रीको भ्रमण सफल हुने विश्वास व्यक्त गरे । अहिले नेपालमा स्थायी सरकार भएकोले सरकारले धेरै काम गर्न सक्ने जनतामा विश्वास रहेको पनि उनले सुनाए । उनले भने, ‘तर, अहिले फेरि राजनीतिक व्यवस्था कस्तो हुने भन्नेबारे बहस सुरु भएको छ, यसले कतै आशंका पैदा गर्ने हो कि भन्ने डर छ 

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण डा. राजन भट्टराई

विशेष