राजनीति

सरकारमा जानेबारे राजपामा तीन धारका तीन धारणा, तीन नेता मात्रै सकारात्मक

सरकारमा जानेबारे राजपामा तीन धारका तीन धारणा, तीन नेता मात्रै सकारात्मक

काठमाडौं । सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो ।

एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् ।

सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।


तीन धारका तीन धारणा
राजेन्द्र महतो, शरदसिंह त्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् ।

केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।


दुई मन्त्रालय दाबी
राजपाले दुई मन्त्रालय दाबी गर्दै आएको छ । प्रतिनिधिसभामा १७ सिट जितेको राजपा प्रतिनिधिसभाको तेस्रो ठूलो दल हो । सोही कारण आफूहरूले कम्तीमा २ वटा मन्त्रालय पाउनुपर्ने तर्क छ । साथै, उसले एक राज्यमन्त्री पनि खोजेको छ ।

संघीय समाजवादी फोरम २ मन्त्रालयसहित सरकारमा गइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय जनता पार्टी महन्थ ठाकुर केपी ओली

विशेष