प्रधानमन्त्रीको बुझाईमा समस्या छ: गगन थापा
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले देशको समृद्धि र विकासप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको बुझाई गलत भएको बताएका छन् ।
नेपाली कांग्रेस पाल्पा-काठमाडौ सम्पर्क समितिको तेस्रो अधिवेशनलाई सनिवार सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व भएपछि विकास हासिल भइहाल्छ भन्ने प्रधानमन्त्री ओलीको बुझाइमा समस्या रहेको बताएका हुन् । उनले भने, 'राजनीतिक स्थायित्वले होइन लोकतान्त्रिक संस्थालाई मजबुत बनाएर मात्रै नेपालको मुहार फेर्न सकिन्छ ।’
कांग्रेसले सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्छ भन्ने कुरा त्यो मध्ये एक पद आफुले पाउँला भनेर नउठाएको तर संविधानमा स्पष्ट ब्यवस्था गरिएको विषय पालना नगर्नु दुखद भएको बताए ।
सभामुख र उपसभामुख मध्ये एक पद कांग्रेसले पाउने आशा नगरेको त्यो पद फोरम वा राजपालाई दिए पनि हुने उनको तर्क छ । कांग्रेसको दवाव संविधानको परिपालना होस् भन्ने रहेको पनि थापाले बताए ।
गगन थापा प्रधानमन्त्री केपी शर्मा ओली