मुख्य समाचार देश

बाजेको सेकुवामा गरिएको शिलबन्दीको विरोध

बाजेको सेकुवामा गरिएको शिलबन्दीको विरोध

काठमाडौं  । फास्टफुडको क्षेत्रमा प्रख्यात बाजेको सेकुवा रेस्टुरेन्टमा सरकारले शिलबन्दी गरेपश्चात् धेरैले त्यसको विरोध गरेका छन् । 


फास्टफुट एसोसियसन नेपालले बाजेको सेकुवामा सरकारले शिलबन्दी गरेर कानुनी राज्यको उपहास भएको जनाएको छ ।  एसोसिएसनका अध्यक्ष धनबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको नाममा सयौं मजदुरहरूको रोजीरोटी नै बन्द हुने गरी विशेष अनुसन्धानबाट भएको शिलबन्दीले कानुनी राज्यको उपहास गरेको जनाएका छन् ।

 

एसोसिएसनका सदस्यसमेत रहेका बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी ३३ किलो सुन तस्करीमा मुछिएको भन्दै अनुसन्धानका क्रममा प्रहरीले शिलबन्दी गरेको हो ।

 

‘बाजेको सेकुवा प्रालिका शाखाहरूमा विशेष अनुसन्धान टोलीले शिलबन्दी गरी व्यवसाय बन्द गरिएको कुरामा यस एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’, एसोसिएसनका महासचिव हिमाल श्रेष्ठले भने, ‘कुनै व्यक्तिले कानुनविपरीत कार्य गर्दैछ भने राज्यको निकायले कानुनबमोजिम अनुसन्धान गर्ने कुराको फास्टफुड एसोसिएसन नेपाल सम्मान गर्दछ । तर, अनुसन्धानको नाममा सयाैं मजदुरहरूको रोजीरोटी नै बन्द हुने गरी विशेष अनुसन्धानबाट भएको शिलबन्दीले कानुनी राज्यको उपहास गरेको छ ।’

 

फास्टफुड एसोसिएसन नेपालले विशेष अनुसन्धान टोलीको सो कार्यको भत्र्सना गर्दै खेद व्यक्त गरेको छ । राज्यको निकायमा कानुनबमोजिम दर्ता भई व्यवसाय गरिरहेको संस्थामा प्राकृतिक न्यायविपरीत सयौं मजदुरहरूको रोजीरोटीसमेत बन्द हुने गरी भएको शिलबन्दी यथाशीघ्र खुलाई कानुनी राज्यको प्रत्याभूति गर्न सम्बधित निकायलाई फास्टफुड एसोसिएसन नेपालले आह्वानसमेत गरेको छ ।

बाजेको सेकुवा

विशेष