राजनीति इतिहास र अनुभूति अन्तरवार्ता

ओलीको कच्चा राजनीति देखेपछि चीनले पत्याएन (भिडियोसहित)

टेलिकम, आयल निगम र साझा प्रकाशनभित्र यति भयानक षड्यन्त्र !

ओलीको कच्चा राजनीति देखेपछि चीनले पत्याएन (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको यसपटकको चीन भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । सँगै उनको अग्नीपरिक्षाको रुपमा पनि केहीले अथ्र्याएका छन् ।

 

‘भारतविरोधी’छवि बनाएर लोकप्रिय बनेका ओलीको चीन भ्रमण कति अपेक्षाकृत होला ? चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला ? नेपालसँग चीनले कस्तो अपेक्षा गरिरहेको छ ? यीलगायत विषयमा धेरैको चासो छ ।


यही सन्दर्भमा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग नेपालआजमा उनको नियमित स्तम्भ ‘इतिहास र अनुभुति’को लागि अन्तरवार्ता लिइएको छ । डा. केसीले ओलीको चीन भ्रमण अपेक्षाकृत नभएको टिप्पणी गरेका छन् ।

 

बिगतमा ओलीले जसरी आफूलाई स्थापित गरे त्यो छविबाट चुकिसकेको भन्दै चिनियाँ पक्षबाट विश्वास गुमाएको बताएका छन् । यसबाहेक कुटनीतिक मामिलामा नेपालले चीनसँग आफ्नो विश्वास स्थापित गर्न नसकेको उनको टिप्पणी छ ।

 

कतिपय सन्दर्भमा गोपनीयता समेत नरहने भन्दै यस्तो हुनु नेपाली राजनीतिको बिडम्वना भएको डा. केसीको भनाइ छ । चिनियाँ पक्षसँग भएका गोप्य वार्ताका सुचना समेत अन्य देशका अधिकारीले जानकारी पाउने अवस्था आएको स्मरण गराउँदै यस्तो हुनुमा नेपाली पक्षको कमजोरी र अपरिपक्व कुटनीति छर्लंग भएको डा. केसीको टिप्पणी छ ।


यसबाहेक वर्तमान सरकारको पछिल्ल्ला गतिविधिबारे पनि डा. केसीले खरो आलोचना गरेका छन् । सरकार गठनको बेला बलियो जनाधार र जनअपेक्षा भए पनि पछिल्लो समय सरकार बदनाम हुँदै गरेको उनले बताए ।

 

मन्त्रीका गतिविधि र कार्यशैली नै आपत्तिजनक रहेको भन्दै यसले सरकारको छवि बदनाम बनाउँदै लगेको उनको भनाइ छ । यस सन्दर्भमा अपरिपक्व नेता तथा विषयबारे जानकारी नभएका व्यक्तिलाई मन्त्रीको जिम्मेवारी दिनु नै गलत निर्णय भएको केसीको टिप्पणी छ ।

 

यतिसम्म कि सरकारका कमजोरी औंल्याउँदा समेत मन्त्रीहरुले असहिष्णु रुपमा बुझ्ने गरेको उनको गुनासो थियो । विषयका आधारमा सरकारको आलोचना र टिप्पणी गर्ने सहज वातावरण समेत नरहेको भन्दै प्रा. डा. केसीले आफ्ना आलोचनालाई सहज रुपमा पचाउन नसकेको गुनासो गरे ।
 

 

केपी अाेली चीन भ्रमण डा. सुरेन्द्र केसी

विशेष