मुख्य समाचार देश राजनीति प्रदेश ३

राष्ट्रियसभामा कस्को कार्यकाल कति वर्ष ?

राष्ट्रियसभामा कस्को कार्यकाल कति वर्ष ?

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । यसैबीच राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । 

 

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ बर्ष रहेको छ । अर्थमन्त्री युवराज खतिवडाको साँसद पद दुई बर्षसम्मका लागि तोकिएको छ ।

 

कोमल ओलीको कार्यकाल चार बर्ष मानिएको छ भने जितेन्द्र देवको कार्यकाल ६ बर्ष रहने भएको छ ।  कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ ।

 

राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिएको छ । यसमा महिला सदस्यहरुको कार्यकालको निर्धारण भएको छ।

महिला सांसद कसको कार्यकाल कति ? 

प्रदेश १


नैनकला ओझा ४ वर्ष
सरिता प्रसाइँ ६  वर्ष
बिना पोखरेल २  वर्ष

प्रदेश २


प्रमिला यादव ६  वर्ष
मुक्ताकुमारी यादव २  वर्ष
शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष)

प्रदेश ३ 


उदया शर्मा पौडेल ४  वर्ष
दिलकुमारी रावल ६  वर्ष
धनकुमारी खतिवडा २  वर्ष

प्रदेश ४


दीपा गुरुङ ६
विन्दादेवी राणा २
शान्तिकुमारी अधिकारी ४

प्रदेश ५


अनिता देवकोटा ६  वर्ष
कोमल वली ४  वर्ष
मीना बुढा २  वर्ष

प्रदेश ६


कविता बोगटी ४  वर्ष
नन्द चापागाइ ६  वर्ष
युटोल तामाङ २ वर्ष

प्रदेश ७


इन्दु कडरिया ६  वर्ष
कमला कुमारी वली २  वर्ष
तारादेवी भट्ट ४ वर्ष

राष्ट्रियसभा कार्यकाल

विशेष