अर्थ कर्पोरेट रोजगार मुख्य समाचार देश प्रदेश ५

मुआब्जा विवादले विमानस्थल निर्माणमा अवरोध

मुआब्जा विवादले विमानस्थल निर्माणमा अवरोध

भैरहवा । मुआब्जा नपाएका स्थानीय वासिन्दाले भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गरेका छन् । विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका हुन् । यसले निर्माण लगायतका काममा समस्या भइरहेको छ । 

 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सांसद सन्तोष पाण्डेले मुआब्जा नपाएका स्थानीयको अगुवाइ गरेका छन् । उनले हातमा चेक नपाएसम्म निर्माण अघि बढ्न नदिने बताए । आयोजनाले रकम निर्धारण गरेको २ महिनामा मुआब्जा वितरण गरिसक्ने आश्वासन दिए पनि एक वर्षभन्दा बढी बितिसक्दा पनि मुआब्जा नपाएको कारण अवरोध गरिएको सांसद पाण्डेले बताए ।

 

विमानस्थलले निर्माण आयोजनाले दिएको प्रतिबद्धताअनुसार मुआव्जा वितरण नगरेको, मुआब्जामा रकममा पनि लाभकर लगाएको लगायतका विषयमा असन्तुष्टि जनाउदै उनीहरुले विमानास्थलको निर्माणाधीन रनवेमा अवरोध गरेका हुन ।

 

करिब ५० प्रतिशत निर्माण सकिएको विमानास्थलको प्रगतिमा मुआव्जा पीडितहरुको अवरोधले काम नरोकिदा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन ।यता गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउदासम्म मात्र यो समस्या रहने बताए ।

 

चालु आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ वितरण गरिसकेको बताउदै शर्माले अहिले आउने ५ अर्ब वितरणको लागि वितरणअघि गर्नुपर्ने सबै काम सकिएको बताए । उनले रकम खातामा आएपछि करिब ४ सय २५ जनालाई मुआव्जा वितरण शुरु गर्ने जानकारी दिए । रनवे निर्माण कार्यमा अवरोध भए पनि विमानस्थल निर्माणका अन्य कार्यहरु सञ्चालन भइरहेको उनले दावी गरेका छन् ।

विमानस्थल अवरोध निर्माणमा

विशेष