राजनीति

मन्त्री यादवको निर्देशन अवज्ञा, किसान सिंहदरबार धाइरहन बाध्य

मन्त्री यादवको निर्देशन अवज्ञा, किसान सिंहदरबार धाइरहन बाध्य

काठमाडौं । गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए ।

 

उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए । मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन् । मन्त्री यादवको निर्देशन बेकामे भएको छ ।

 

उखु बेचेको सात अर्ब रुपैयाँ रकम चिनी उद्योगीबाट भुक्तानी दिलइदिने व्यवस्था मिलाउन विभिन्न जिल्लाका किसान सिंहदरबार धाइरहेका छन् ।

 

महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, नवलपरासीलगायतका जिल्लाका किसानले रकम नपाएका हुन् । नागरिक दैनिकमा खबर छ ।

मातृका यादव

विशेष