समाज देश

मनसुन सक्रिय हुन ढिलाइ

मनसुन सक्रिय हुन ढिलाइ

काठमाडौं । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ ।

 

अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए ।  बुधबार उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने पौडेलले बताए ।आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

मनसुन जल तथा मौसम विज्ञान विभाग

विशेष