कला साहित्य मुख्य समाचार देश

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे दिल्लीको मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका छन्। राष्ट्रकवि घिमिरे ११ दिने उपचार पश्चात शनिबार दिउँसो स्वदेश फर्किएका हुन्।

 

उनलाई निन्द्रा नलाग्ने, थकाइ लाग्ने र दिसा कालो हुने समस्या देखिएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा जाँच गर्न थालिएको थियो। त्यहाँ उपचार थालिएको दुई सातापछि घिमिरेलाई मेदान्त पुर्‍याइएको थियो।

 

लगत्तै उनको उपचार थालिएको थियो र रक्तश्राव भएको स्थान अर्थात घाउ पहिचान भएपछि त्यसलाई लेजर प्रविधिबाट डामिएको थियो। त्योसँगै रक्तश्राव बन्द भएपछि राष्ट्रकवि घिमिरे तंग्रिएका हुन्।


 

माधवप्रसाद घिमिरे स्वदेश फिर्ता

विशेष